हाम्रो बारे
यस बाँसबारी माध्यमिक क–कस्को सहयोगमा के कसरी भई हालको यो अवस्थामा आायो भन्ने सम्बन्धमा हाल सम्म प्राप्त भएका प्रमाण र अन्य जानकारीको अध्ययन गर्दा वि.सं. २०१८ सालमा स्थापना भएको हो भन्ने प्रमाण यसैको छाप बाँसबारी राष्ट्रिय प्राइमरी स्कूल वि. सं. २०१८ भन्ने प्रमाणले पुष्टि गरेको छ भने वि. सं. २०१९ सालमा विद्यालय, संस्थापक स्वर्णिय गोपाल बहादुर के.सी. ज्यू रहनु भएको देखिन्छ । वि. सं. २०२०/०९/०९ गते तत्कालीन जिल्ला शिक्षा कार्यालय काठमाडौंबाट पनि १ देखि ३ सम्म सञ्चालनको लागि अनुमति पत्र प्राप्त गरेको कुरा अभिलेखबाट देखिन्छ । त्यसैगरी वि. सं २०५१ सालमा निम्न माध्यमिक तहको अनुमति पाइएको देखिन्छ । त्यसैगरी वि. सं. २०५८/०४/१० मा जिल्ला शिक्षा कार्यालय काठमाडौंबाट माध्यमिक तह सञ्चालन गर्नको लागि अनुमति प्राप्तः गरेको देखिन्छ । उच्च माध्यमिक शिक्षा परिषदको मिति वि.सं. २०६८/०४/१६ गतेको निर्णय तथा २०६८/०७/१४को पत्रानुसार कक्षा ११ र १२ सञ्चालनको लागि सम्बन्धन प्राप्त गरेको देखिन्छ ।